• १६ चैत २०८०, शुक्रबार

ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति कस्तो भाइरस हो ?

blog

काठमाडौं, असार २१ गते। नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन नयाँ उपप्रजाति बिए फाइभ भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको जीन सिक्वेन्सिङमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाती बीए फाइभ फेला परेको जानकारी दिनुभयो।

 पछिल्लो संक्रमितको सङ्ख्या कुन भेरिएन्टले भएको भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ गरिएको डा. दासले जानकारी दिनुभयो। निर्देशक डा. दासका अनुसार जीन सिक्वेन्सिङको नतिजा आज वा भोलि आउछ। 

बीए फाइभ कस्तो भाइरस हो ?

बीए फोर र बीए फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना भाइरस संक्रमण दर विश्वभर पुनः बढिरहेको छ। 

यो भाइरस ओमिक्रोन भेरियन्टकै एउटा उपप्रजाति भएको अध्ययनले देखाएको छ। सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरियन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो उपप्रजातिलाई मार्च महिनामा चिन्ताजनक भाइरस भन्दै  निगरानीको सूचीमा राखेको थियो। 

प्रारम्भिक अध्ययनमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिले सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ। 

ओमिक्रोन भेरियन्ट कोरोनाभाइरसका अघिल्ला उत्परिवर्तनभन्दा कम घातक देखिएको अध्ययनले देखाएको छ। यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता घातक नहुने चिकित्सकको भनाइ छ। 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बिए फाइभ उपप्रजातिका कारण मानिस कति जोखिममा पर्छन् भन्ने अध्ययनका क्रमममानै रहेको रखोप लगाएका पुन संक्रमण भएपनि यसको कारण कारण गम्भीर असर देखिएको बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, ‘यो भाइरसले सङ्क्रमणदर बढाए  पनि यसले खासै अस्पतालमा भर्ना दर र मृत्यु दर निकै कम हुने विदेशमा फैलिएको तथ्याङ्कले देखाएको छ, यदि नेपालमा सोही भाइरस फैलिहाल्यो भने पनि धेरै जनाले खोप लगाइसकेकाले पहिलाको जस्तो अवस्था नहोला भन्ने हालसम्म यसको फैलावटबाट अनुमान गर्न सकिन्छ।”

दुख्ने र असहज हुने, थकान महसुस हुने, टाउको र शरीरिका मांशापेशी दुख्ने, शरीर हल्का तातिएको महसुस हुने‚ नाकबाट पानी आउने र बन्द हुने‚ ज्वरो आउने जस्ता लक्षण ओमिक्रोन भेरिएन्टमा देखिने गर्छ।

खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेको खण्डमा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको चिकित्सक बताउछन्। नेपालमा पनि केही दिनदेखि नेपालमा संक्रमणदर बढिरहेको छ। मङगलबारमात्रै आरटी पीसीआर र एन्टिजेनको परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा संक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।