• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २० गते । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा दुई वटा प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाले ‘‘नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’’ पेश गर्नुहुनेछ । साथै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।