• ७ असोज २०८२, मङ्गलबार

धनगढीको सडकलाई जेनजी मार्ग नामकरण

blog

धनगढीको जेनजी मार्ग । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ६ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ । 

जेनजी आन्दोलन र जेनजी सहिदहरुको सम्मानमा पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो । नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गर्नुभएको थियो । 

नगर प्रमुख हमालको घोषणापछि जेनजीहरुले नै जेनजी मार्ग लेखिएको बोर्ड ठाउँ ठाउँमा राखेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । उहाँले नगर प्रमुखले गरेको घोषणानुसार सडकको नामकरण जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने उल्लेख गर्नुभयो ।