काठमाडौँ , भदौ २७ गते । फेसन डिजाइनर प्रबल गुरुङले नेपालको जेन जी आन्दोलनमा समर्थन जनाउनुभएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रबलले भ्रष्टाचार, आर्थिक अस्थिरताविरुद्ध नेपालको युवा आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।
प्रबलले लेख्नुभएको छ, आफ्नो ज्यान गुमाउनेका लागि शोकमा र भविष्यमा हुने कुराको आशामा, हामी नेपालका युवासँग उभिएका छौँ । धेरै घाइते भएका छन् । धेरैको ज्यान गुमेको छ । हिंसा तुरुन्तै अन्त्य हुनु पर्छ । कुनै पनि राष्ट्रको शक्ति कहिल्यै पनि आफ्नै युवाविरुद्धको बलमा मापन गरिँदैन, तर यसले उनीहरूको आवाज कसरी सुन्छ भन्ने कुरामा मापन गरिन्छ ।