अर्जुन काफ्ले
स्याङ्जा, भदौ २७ गते । जेनजीको आन्दोलनका कारण देशमा उत्पन्न असहज परिस्थिति विस्तारै सहज हुदै गएपछि भदौ २५ देखि बन्द गरिएको बिरुवा गाउँपालिका शुक्रबारबाट खुल्ने भएको छ ।
पालिका अध्यक्ष सूर्य बहादुर कुवरले गाउँ कार्यपालिकाको कार्यालय लगायत यस कार्यालयका मातहतका वडा कार्यालय, शैक्षिक संस्थाहरु एवम् सम्पूर्ण संघसंस्थाहरु शुक्रबारबाट सेवा प्रवाह हुने बताउनभुयो ।
यस्तै शैक्षिक संस्थाहरु खोलि शैक्षिक तालिका अनुसारको परीक्षा सञ्चालन तथा पठनपाठनको व्यवस्था गर्नुहुन सम्पुर्ण शैक्षिक संस्थाहरुलाई समेत कुवँरले अनुरोध गर्नु भएको छ ।
यहाँका ११ पालिका मध्ये पाँच पालिका सूचना निकालेर अनिश्चिकालिन बन्द गरेमो बिरुवा बाहेका अन्य पालिका भने कहिलेबाट खुल्ने अनिश्चित रहेको छ ।