• २६ भदौ २०८२, बिहिबार

देउवा दम्पतीको स्वास्थ्य अवस्था सामान्य

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २६ गते । देउवा दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाका एक अधिकृतले जानकारी दिनुभयो । अधिकृतका अनुसार उहाँहरू दुवैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।  

मङ्गलबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा उहाँहरूमाथि आक्रमण हुँदा देउवा दम्पती घाइते हुनुभएको थियो । उहाँहरूलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित ठाउँमा लगेको थियो । देउवा दम्पती अहिले सेनाको सुरक्षामा रहनुभएको छ ।