• २६ भदौ २०८२, बिहिबार

जेनजीको कार्यक्रममा अभिनेता हमाल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २६ गते । अभिनेता राजेश हमाल अस्ट्रेलियाको सिड्नीस्थित स्ट्रयाथफिल्डमा जेन जीद्वारा आयोजित ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभामा सहभागी हुनुभएको छ । युवालाई सम्बोधन गर्दै हमालले नेपालमा जेनजीले गरेको साहसको प्रशंसा गर्नुभयो ।

हमालले आन्दोलन राष्ट्रका लागि र परिवर्तनका लागि भएकाले राष्ट्रिय सम्पत्तिमा क्षति नगर्न र संयमता अपनाउन पनि आग्रह गर्नुभयो । राष्ट्रिय सम्पत्ति नेताको निजी सम्पत्ति नभएको जनताकै सम्पत्ति भएकाले त्यसको रक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँका अनुसार हामी सबैलाई हाम्रो राष्ट्र, हाम्रो सम्पत्ति, हाम्रो पूर्वाधार प्यारो छ । भोलि युवा नेतृत्वमा आउँदा पनि चाहिने त्यही पूर्वाधार हो, त्यसैले आन्दोलनको उद्देश्य र मर्मलाई शान्तिपूर्ण रूपमा अघि बढाऔँ ।