• २६ भदौ २०८२, बिहिबार

बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने

blog

नेपाली सेनाले बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा जारी ।

काठमाडौँ, भदौ २६ गते । नेपाली सेनाले बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाद्वारा जारी सूचनामा उल्लेख छ ।

अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको सेनाले जनाएको छ ।

यसैगरी, बेलुकी ७ देखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको नेपाली सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्यको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।