• २६ भदौ २०८२, बिहिबार

झापाको प्रहरी कार्यालयबाट ९२ थुनुवा भागे

blog

झापा प्रहरी कार्यालय । फाइल तस्बिर

बिष्णुप्रसाद पोखरेल

दमक, भदौ २६ गते । जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरू झापाको प्रहरी कार्यालयहरूलाई नियन्त्रणमा लिएर विभिन्न इलाका प्रहरी कार्यालयहरूमा रहेका ९२ जना थुनुवाहरूलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ । 

बिहीबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकारलाई उपलब्ध गराएको विवरणअनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना फरार भएको उल्लेख गरिएको छ ।

फरार भएकाहरू हत्या, डकैती, लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । फरार थुनुवाहरूको खोजतलास जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।