• २६ भदौ २०८२, बिहिबार

सरकारी कार्यालयका नियमित सेवा प्रवाह बन्द

blog

जिल्ला प्रशासन कार्यालय रौतहट । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), भदौ २६ गते । रौतहट जिल्लास्थित रहेका सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार सूचना प्रकाशन गर्दै भदौ २७ गते शुक्रबारसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द रहने जनाएको छ । देशभर भएको आन्दोलनबाट पुग्न गएको अपुरणीय क्षति प्रति जिल्ला सुरक्षा समिति रौतहटले दुःख व्यक्त गरेको छ ।

मृतकहरू प्रति श्रद्धान्जली तथा घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले हालको विषम परिस्थितिलाई सामान्यीकरण तर्फ लैजान नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिएको जनाएको छ ।

आन्दोलनको नाममा घुसपैठ गरी समाजलाई त्रसित बनाउन खोज्ने अवान्छित समुहलाई नियन्त्रणमा लिन समुदाय स्तरबाट समेत सुरक्षा निकायसँग समन्वय गर्न र सकारात्मक सूचना सम्प्रेषण गरी जिल्लामा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सवै क्षेत्रबाट सहयोग पुर्‍याउन हुन सर्वसाधारणमा रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोदकुमार खड्काले अनुरोध गर्नुभएको छ  ।

रौतहटमा भदौ २४ गते दिउँसो ३ बजेदेखि जारि कर्फ्यू अहिले पनि यथावत रहेको छ ।