• २६ भदौ २०८२, बिहिबार

धरहरामा मान्छेको भीडभाड, अरू क्षेत्रमा अवस्था सामान्य : नेपाली सेना

blog

माइतीघर मण्डलामा कडा सुरक्षा र चेकजाँचका लागि तैनाथ रहेका नेपाली सेना । तस्बिरः हरिराम भेटुवाल

काठमाडौँ, भदौ २६ गते।  नेपाली सेनाले धरहराबाहेक काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा अवस्था सामान्य रहेको बताएको छ।  

नेपाली सेनाका सूचना अधिकारी सहायकरथी राजाराम बस्नेतका अनुसार धरहरा क्षेत्रमा भने हिजोदेखि नै मान्छेको भीड भएको अवस्था छ। 

त्यस क्षेत्रमा कसरी मान्छे भीड लागेको हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘हामीले मनिटरिङ गरिरहेका छौं।  मान्छे हिँड्न पाएर त्यहाँ पुगेका होइनन्।  त्यही क्षेत्रका मानिस त्यहाँ जम्मा हुनुभएको हो।  प्रायजसो, हिजोदेखि नै यस क्षेत्रमा मानिस जम्मा भएको अवस्था छ। ”

नेपाली सेनाले यी गतिविधिको निगरानी गरिरहेको उहाँको भनाइ छ।  

बस्नेतले भन्नुभयो, “अत्यावश्यक सेवाबाहेक  आवतजावतमा रोक छ।  यस्तो बेलामा सभा, सम्मेलन गर्न पाइँदैन।  हामीले निगरानी गरिरहेका छौँ। ”

उहाँले धरहरा क्षेत्रमा कुनै तनावगस्त स्थिति भने नरहेको जानकारी दिनुभयो।  

नेपाली सेनाले काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरक्षाको विश्लेषण गदै बिहीबार पनि निषेधाज्ञा तथा कर्फ्यू जारी राखेको छ।