• २६ भदौ २०८२, बिहिबार

फरार रहेका सञ्जय टक्ला पक्राउ

blog

फाइल तस्बिर

केदार तिमल्सिना

बनेपा, भदौ २६ गते ।  जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका सञ्जय टक्ला पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय मङ्गटारको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा बिहीबार दिउँसो करिब ४ बजे बिपी राजमार्गको मङ्गलटारबाट पक्राउ गरेको हो। 

जनकपुरबाट काठमाडौँ आउँदै गरेको निजी कार चेकजाँच गर्ने क्रममा फरार रहेका टक्लालाई प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। 

जनकपुर बम काण्डमा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका टक्ला जेनजीको आन्दोलनका क्रममा मङ्गलबार राति नख्खु कारागारबाट भागेका थिए।  

उनीमाथि मिडिया व्यवसायी अरुण सिङ्घानियाको हत्याको आरोपमा समेत अदालतमा मुद्दा चलेको थियो।  पक्राउ परेका टक्लालाई जिल्ला प्रहरी कार्यालयको टोलीले जिल्लामा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।