सुधा देव
भारदह (सप्तरी), भदौ २६ गते । जेनजी समूहले जिल्लाका विभिन्न कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेपछि जिल्लाको कार्यालयहरू सञ्चालनमा समस्या भएको छ ।
राजविराजस्थित रहेको राजविराज नगरपालिका कार्यालय, राजविराज वडा २ को कार्यालय, सघन सहरी डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, भौतिक पूर्वाधार कार्यालय, जिल्ला हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय राजविराज, सरकारी वकिलको कार्यालय, उच्च अदालत जनकपुर राजविराज इजलास, सप्तरी जिल्ला अदालत, राजगढ गाउँपालिका, जिल्ला समन्वय समिति, खड्क नगरपालिका, कञ्चनरूप नगरपालिका, महदेवा गाउँपालिका –४, जिल्ला निर्वाचन कार्यालय सप्तरीलगायत कार्यालयमा जेनजीको समूहले मंगलबार कार्यालयका सामान तोडफोड गरी आगजनी गरेका थिए ।
आगजनीका कारण कार्यालयहरूको महत्वपूर्ण कागजात, फाईल, कम्प्युटर, प्रिन्टर, टेवल, कुर्सी, सवारीसाधन लगायत भएभरको सामान तोडफोड गरेर आगजनी गरेपछि जिल्लाका दुई दर्जन कार्याल सञ्चालनमा आउने अनिश्चित रहेको स्थानीयहरूले बताएका छन् ।
कर्मचारी बस्ने ठाउँ छैन्, आवश्यक काजात उपकरण छैन् । कार्यालय जाने बाताबरण छैन् । तत्काल कार्यालय सुचारू हुन सक्ने अवस्थामा नरहेको सप्तरी जिल्ला अदालतको एक कर्मचारीले बताउनुभयो ।
राजविराज नगरपालिका कार्यालयको फोहोर उठाउने दुईवटा टिपर र दुई वटा ट्याक्टर जलेपछि राजविराजको फोहोर उठ्न सकेको छैन । कार्यालयहरूको कुनै पनि डकुमेन्ट बाँकी छैन । कहाँबाट सुरू गर्ने थाहा छैन् । वातावरण सहज भएर कुनै निर्देश आएपछि मात्र केही हुन सक्ने उहाँले बताउनुभयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले स्रोत साधनको अभावमा कार्यालय सञ्चालन गर्न कठिनाई हुने भए पनि अहिले जिल्लामा कर्फ्यू लागेकाले जिल्लामा अवस्थामा सामान्य रहेको बताउनुभयो ।