विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २६ गते । कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीहरूमध्ये बिहीबार बिहानसम्म ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कारागारमा रहेको ३९७ जना कैदी मध्ये २०५ जना फरार भएकोमा जिल्लाको विभिन्न स्थानबाट हालसम्म४२ फरार कैदीहरूलाई जनालाई पक्राउ गरिएको हो । त्यसमा पाँच जना झुम्का कारागारबाट फरार कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।
राजविराज नगरपालिका–६ स्थित रहेको कारागार कार्यालय सप्तरीबाट फरार अझै १६८ कैदीको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले बताउनुभयो ।
उहाँले भारतको विहार राज्यसँग जोडिएको कुनौली तथा सखडा बोर्डर बन्द गरी खोजी कार्यलाई तीव्र बनाइएको र सर्च अप्रेसन जारी रहेको बताउनुभयो ।
कारागारबाट भाग्न कैदीले भित्र बुधबार आगो नै लगाएका थिए । अवस्था नियन्त्रण बाहिर गएपछि ५२ राउन्ड फायर गरिएको थियो ।