• २६ भदौ २०८२, बिहिबार

कारागारबाट भागेका चार कैदी पक्राउ

blog

नवराज नेपाली

बागलुङ (गलकोट), भदौ २६ गते । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका चार जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ। 

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरुलाई मालढुङ्गा चेकपोस्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै पुरुष हुन् । उनीहरू २२ देखि २७ वर्ष उमेर समुहका रहेको प्रहरीले जनाएको छ ।