• २६ भदौ २०८२, बिहिबार

सेवा सुरु गर्न बैँक तथा वित्तीय संस्थालाई राष्ट्र बैँकको आग्रह

blog

काठमाडौँ, भदौ २६  गते ।  सीमित कर्मचारीमार्फत अत्यावश्यक बैँकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

राष्ट्र बैँकले सम्पूर्ण इजाजतप्राप्त बैँक, विकास बैँक, वित्त कम्पनी तथा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैँकले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ २५ गते जारी गरेको निषेधाज्ञासम्बन्धी व्यवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ ।

सूचनामा भनिएको छ, “बैँक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैँकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने छ । अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने छ,” नेपाल राष्ट्र बैँकले जनाएको छ ।

त्यस्तै, सूचनामा आवश्यक सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन सबै संस्थालाई आग्रह गरिएको छ । रासस