• २७ भदौ २०८२, शुक्रबार

पूरानै लयमा फर्किदै गुल्मी

blog

गुल्मीको तम्घास बजार । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ २७ गते ।
गुल्मीमा जेनजी आन्दोलनका क्रममा मुख्य तीन पार्टी नेपाल एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यालयहरुमा क्षति पुग्यो । तर कुनै सरकारी वा व्यक्तिगत संरचनामा क्षति भएन । जिल्लामा कर्फ्यु छैन । गुल्मीलाई कैयनले शान्त जिल्लाको रुपमा प्रशंसा पनि गरिरहेका छन् ।

स्वयम प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइरालाले पनि सोचेँचन्दा पनि राजनीतिक र सामाजिक संस्कार र चेत भएको जिल्लाको रुपमा आफुलाई महसुस भएको बताउनुभयो । जिल्लामा आजदेखि संस्थागत विद्यालयहरु सञ्चालन भएका छन् । केही संस्थागत विद्यालयहरुले अतिरिक्त र शनिबार समेत विद्यालय सञ्चालन गरेर आन्दोलनमा प्रभावित भएको अध्ययनलाई नियमित गर्दैछन् । धेरै स्थानीय तहले आइतबारबाट विद्यालय सञ्चालनको योजना बनाएका छन् ।

धुर्कोट गाउँपालिकाले भदौ २४ गते बाहेकका दिनमा नियमित पढाइरहेको छ । जिल्लाका पसल व्यावसाय बिहबिारबाटै क्रमशm खुल्दै गएका थिए । कार्यालयहरुमा व्स्तिारै सेवाग्राहीहरुको उपस्थित हुन थालेका छन् । यातयातहरु पनि सञ्चालन भएपछि केही मात्रामा राहत महसुस भएको रेसुङ्गा नगरपालिका–८ का व्यावसायी अर्जुन महतले बताउनुभयो ।

नेपाली सेनाले बजार क्षेत्रमा गस्ती गरिरहेको छ । देशको अवस्थाका कारण स्वतस्फूर्त घरका कोठाहरुमा सिमित सर्वसाधरण, नेता तथा सरोकारवालाहरु पनि चोक र चियाचौतारीहरुमा निस्किएर विभिन्न विश्लेषणहरु गरिरहेका छन् । चाडपर्वले उल्लास सुरु भएका बेला देशमा देखिएको बिषम परिस्थतीले दुई दिन कोभिडको बेलामाभन्दा सन्नाटा छाएपनि विस्तारै जनजीवन सामान्य बनेको होटल व्यावसायी उमेश पछाइले बताउनुभयो ।