• २७ भदौ २०८२, शुक्रबार

खोलामा डुबेर एक बालक बेपत्ता

blog

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), भदौ २७ गते ।
खोलामा डुबेर रौतहटमा एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार इशनाथ नगरपालिका–१ का फौडि साहको १५ वर्षीय छोरा बिगन साह बिहीबार दिउँसो खोलामा डुबेर बेपत्ता भएका हुन् ।

इशनाथ नगरपालिका –१ स्थित बकैया खोलामा पौडी खेल्ने क्रममा साह डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

दिउँसो करिब ३ः१५ बजेर नुहाउने क्रममा पानीको बहाब बढ्दा साह खोलामा डुबी बेपत्ता भएको  प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो । साहसँगै पौडी खेल्न गएका अन्य चार जना सकुशल रहेको जानकारी उहाँले दिनुभयो ।