• ६ जेठ २०८१, आइतबार

चलचित्र ‘म’ को प्रदर्शन मिति घोषणा

blog

काठमाडौँ (गोरखापत्र), असार ३ गते ।  सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ साउन २० देखि नेपालभर प्रदर्शन हुने भएको छ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथावस्तुमा तयार भएको चलचित्र ‘म’ चलचित्रसम्बन्धी अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाजको प्रोडक्सनमा तयार गरेको हो । 

चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय रहेको छ ।