• १५ चैत २०८१, शुक्रबार

रोल्पाको जलजला क्याम्पसमा अखिल क्रान्तिकारीका सुमन विक निर्वाचित

blog

पहलमान घर्ती
होलेरी (रोल्पा), चैत १२ गते ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रोल्पाको जलजला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका सुमन विक चयन हुनुभएको छ । जलजला क्याम्पसमा क्रियाशिल ६ वटा विद्यार्थी सङ्गठनहरुले सहमति गरेर पदको भागबन्डा गरेका थिए ।

उपाध्यक्षमा समानुपाति प्रणालीबाट अनेरास्ववियुका भरत बाँठा मगर, सचिवमा नेपाल विद्यार्थी संघबाट गणेश खड्का, सहसचिवमा अनेरास्ववियु समाजवादीका प्रकाश घर्ती मगर, कोषाध्यक्षमा अखिल समाजबादीबाट मिलन सेन चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यमा अखिल छैठौका उषा विष्ट, प्रज्ञिक विद्यार्थी परिषदका पदमबहादुर थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ निर्वाचित भएको समितिले क्याम्पसको शैक्षिक सुधार गर्नका लागि लाग्ने जनाएको छ । स्नातकोत्तर तहसम्मको पढाइ हुने मध्यपश्चि विश्वविद्यालयको आंगिक क्याम्पस भए पनि विद्यार्थी भने न्यून सङ्ख्यामा रहेका छन् । स्नातक तहमा पनि सेमेष्टर प्रणालीबाट पढाइ हुँदै आएको छ । तर विद्यार्थी भने कक्षामा कमै मात्रामा उपस्थित हुने गरेका छन् । यसलाई सुधार गर्नुपर्ने चुनौति नवनिर्वाचित स्ववियुको समितिलाई रहेको छ ।