• ६ चैत २०८१, बुधबार

गोरखा क्याम्पासको सभापतिमा अखिल क्रान्तिकारी विजयी

blog

गोरखा क्याम्पास स्ववियु सभापतिमा निर्वाचित अखिल क्रान्तिकारीका सुलभ अम्गााई।

गुणबहादुर रोका

सुलीकोट, चैत ६ गते। गोरखाको एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पासमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। बुधबार बिहान भएको अन्तिम मतगणना अनुसार स्ववियुको  सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गााई विजयी हुनुभएको हो। 

अम्गाई नेविसंघ र अखिलको गठबन्धनलाई पराजित गर्दै स्ववियु सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ। सुलभ अम्गाई २०९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सयुक्त प्यानलका रचन परियारले १६१ मत प्राप्त गर्नु भएको छ। 

त्यस्तै गरी सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्माले १९९ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँको प्रतिस्पर्धी सयुक्त प्यानलका राजाराम बोहोराले १७१ मत प्राप्त गर्नु भएको छ। 

कोषध्यक्षमा पदमा अखिल क्रान्तिकारीका आयुशा अर्यालले २०६ मत प्राप्त गरी विजय हुनुभएको छ। उहाँको प्रतिद्वन्द्वी नेविसंघकी सविना गुरुङले १६४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक वासुदेव खत्रीले जानकारी दिनुभयो। 

सदस्यमा अभिशेक राना मगर, सरीना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार मत प्राप्त गरी सिंगो अखिल क्रान्तिकारीको प्यानल नै विजय हुनुभयो। 

निर्वाचनमा ४२४ कुल मतदाता रहेकोमा प्रत्यक्षतर्फ ३७० मत मत मात्र खसेको थियो भने समानुपातिकतर्फ अखिल क्रान्तिकारीको १९६ मत, नेविसंघको १०५ मत र अनेरास्ववियुको ६७ मत खसेको छ।