• १३ साउन २०८१, आइतबार

नम्बर एक प्रिन्स अब सातौं स्थानमा

blog

काठमाडौँ, जेठ १४ गते । नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व जुनियर वरियतामा सातौं स्थानमा झर्नुभएको छ । यसअघि शीर्षस्थानमा रहनुभएका प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेका नयाँ वरीयताएकै पटक सातौं स्थानमा झर्नुभएको हो ।

प्रिन्सले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका कारण उहाँको वरीयता खस्किएको हो । उहाँ विश्व वरियताको शीर्षस्थानसम्म पुग्ने एक्लो नेपाली खेलाडी हुनुहुन्छ । नयाँ वरीयतामा मलेसियाका होह जस्टिन शीर्षस्थानमा उक्लिनु भएको छ ।

दोस्रो स्थानमा इन्डोनेसियाका अल्वी फरहान, तेस्रो स्थानमा एस्टोनियाका टाउरी किल्क, चौथोमा फ्रान्सका एलेक्स लेनिएर, पाँचौ स्थानमा अमेरिकाका आरोन बाइ र छैटौं स्थानमा भारतका शंकर मुथुस्वामी सुब्रमनियम हुनुहुन्छ ।