• ४ जेठ २०८१, शुक्रबार

राजस्थान रोयल्स फाइनलमा

blog

दोस्रो क्वालिफायर खेलमा प्रतिस्पर्धा गर्दै राजस्थान र बेंगलोरका खेलाडी । तस्बिर : क्रिकिइन्फो

 काठमाडौं, जेठ १४ गते । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमने फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो । उपाधिका लागि राजस्थानले आइतबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । 

बेंगलोरले दिएको १ सय ५८ रनको विजयी लक्ष्य राजस्थानले १८.१ बलमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । राजस्थानको जितमा जोस बट्लरले शतकीय इनिङ्स खेल्न्ुभयो । उहाँले अविजित १ सय ६ रन बनाउनुभएको थियो । कप्तान सन्जु सामसनले २३ याशभी जैशवालले २१ रन बनाउनुभयो । बलिङमा  बेंगलोरका जोश हाजलउडले दुई तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । बेंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । कप्तान फाप डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेदले अविजित १२ रन बनाउनुभयो । कलिङमा राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले तीन तीन विकेट लिनुभयो । एजेन्सी