• १३ साउन २०८१, आइतबार

छायाँनाथ रारा नगरपालिकामा कांग्रेस विजयी

blog

हरिकृष्ण ऐडी
मुगु, जेठ ३ गते। मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विष्णु भाम निर्वाचित हुनुभएको छ। 

उपप्रमुखमा कांग्रेसकै पदमा  ऐश्वर्य  मल्ल निर्वाचित हुनुभएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो। प्रमुख पदमा उम्मेदवार भामले  चार हजार ५९९ मतसहित विजयी हुनुभएको छ। 

उहाँका प्रतिद्वन्द्वी नेकपा  (एमाले)का  डम्बर रावलले तीन हजार ८ सय ६० मत ल्याउनुभएको छ। 

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका मल्लले चार हजार ३२५ मत ल्याएर विजयी हुनुभएको छ। प्रतिद्वन्द्वी एमालेका टोमा लामाले ३ हजार ७३४ मत ल्याउनु भएको छ। 

कुल १४ वटा वडा रहेको छायाँनाथ रारा नगरपालिकामा कांग्रेसका उम्मेदवार नगर प्रमुख, वडा अध्यक्ष र सदस्य गरेर ३९ जना निर्वाचित भएका छन्।