• १३ साउन २०८१, आइतबार

सप्तकोशी नगर प्रमुखमा कांग्रेस र अग्निसाइरको अध्यक्षमा एमाले विजयी

blog

अग्निसाइर कृष्णास्वरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित दिनानाथ चौधरी र कल्पना कुमारी चौधरी। तस्बिर : माला कर्ण

माला कर्ण
कल्याणपुर, जेठ ३ गते।
सप्तरीको एक नगरपालिका र एक गाउँपालिकाको मतगणना सम्पन्न भएको छ। जिल्लाको सप्तकोशी नगरपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने अग्निसाईर कृष्णास्वरण गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) ले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्।

सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएका छन्। ढकालले चार हजार ४५९ मत ल्याएका छन् भने उप प्रमुखमा चौधरीले ३ हजार ९५८ मत ल्याई विजयी भएका हुन्।

ढकालले निर्वतमान नगर प्रमुख एमालेका उम्मेदवार उत्तम कुमार शर्मालाई भारी मतले पराजित गरी निर्वाचित भएका हुन्। शर्माले २ हजार ९६७ मत ल्याएका छन्।

त्यस्तै, अग्निसाईर कृष्णास्वरण गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिनानाथ चौधरी विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका कल्पना कुमारी चौधरी निर्वाचित हुनुभयो। सो गाउँपालिकामा कुल १२ हजार ४२५ खसेको मतमा चौधरीले चार हजार ८७४ मत ल्याउनु भएको छ।

उहाँले निवर्तमान गाउँपालिका अध्यक्ष परशुराम चौधरीलाई पराजित गर्दै विजय हासिल गर्नुभएको हो। परशुरामले ३ हजार ८८८ मत ल्याउनुभएको छ। कांग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको थियो।   

गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसका कल्पनाकुमारी चौधरीले जित हाँसिल गरेकी छिन्। कल्पनाले चार हजार २१६ मत ल्याएर एमालेकी शैलेन्द्रीकुमारी लेखी थरुनीलाई पराजित गरेका छन्। एमालेकी थरुनीले ३ हजार ४५९ मत ल्याउनुभयो।

गाउँपालिका अध्यक्षसहित एमालेबाट वडा नम्बर १ मा सवजुल खलिफा र ५ मा सबदुल मियाँ वडा अध्यक्षमा निर्वाचित भएका छन्। कांग्रेसबाट वडा नम्बर ३ मा गोपालप्रसाद चौधरी थारु, ४ मा तेजनारायण यादव र ६ मा अशोककुमार आचार्य वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ। वडा नम्बर २ मा भने नेकपा (माओवादी केन्द्र)का पशुपतिप्रसाद चौधरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ।