• १३ वैशाख २०८१, बिहिबार

सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी

blog

नवीन सुवेदी
सुर्खेत, जेठ ३ गते।
सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा (एमाले) ले विजयी भएको छ। चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी हुनुभएको हो। 

 मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित हुनुभएको हो। जिसीले तीन हजार ५९१ मत पाउनु भयो भने शर्माले तीन हजार ५५० मत प्राप्त गर्नु भएको हो।

 यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित हुनुभएको हो। यस पालिकामा  वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ।