• १५ वैशाख २०८१, शनिबार

त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

blog

त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश केसी र उपाध्यक्ष राजकुमारी रेउले । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, जेठ ३ गते। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले विजय भएको छ। मंगलबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी हुनुभएको हो। 

अध्यक्षमा केसीले पाँच हजार १२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिं खड्काले चार हजार २९३ मत प्राप्त गर्नुभएको छ। एमालेका चोपलाल खड्काले १५८, नेकपा (एकीकृत समाजवादी)का धनराज खड्काले ५५ र राप्रपाका डिल्लीबहादुर खड्काले ५ मत ल्याउनुभएको छ। 

उपाध्यक्षमा निर्वाचित रेउलेले पाँच हजार १४३ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी  सृष्टि बाँठा मगरले चार हजार ३१३ मत प्राप्त गर्नुभएको छ । एमालेकी धनकला विष्टले १५६ मत प्राप्त गर्नुभएको छ। 

१० वडा रहेको त्रिवेणी गाउँपालिकामा पाँच वटा वडामा माओवादी, चार वडामा कांग्रेस र एउटा वडामा स्वतन्त्रका उम्मेदवार विजयी हुनुभएको छ।