• १६ असार २०८१, आइतबार

बनगाड कुपिण्डे नगरपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, जेठ ३ गते । बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवार  माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकी विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनलाई २ हजार ७४६ मतले पछि पार्दै बुढाथोकी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत कार्यालय सल्यानले जनाएको छ  । 

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेकाअनुसार विजयी बुढाथोकीले ७ हजार ४६६ मत ल्याउनु भएको छ भने  निकतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनले ४ हजार ७२० मत प्राप्त गर्नु भएको हो ।  

यस्तै, नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य विजयी हुनुभएको हो । कांग्रेसबाटै बागी उम्मेदवारी दीपेन्द्र विष्टलाई १ हजार ५५५ मतले पछि पार्दै आचार्य विजयी हुनु भएको हो । । आचार्यले ५ हजार ७ ३५ मत ल्याउँदा कांग्रेसकै बागी उम्मेदवार विष्टले ४ हजार १८० मत पाउनु भएको हो ।

बन्गाड कुपिण्डे नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमाले राप्रपासँग मिलेर निर्वाचनमा होमिएको थियो । नगरप्रमुख र उपप्रमुखमा सुरुवातमा प्रतिस्पर्धा भए पनि पछिल्लो समयमा गठबन्धन टिमले एक हजारभन्दा बढी मत फरक पार्दै आएको थियो ।

०७४ को स्थानीय निर्वाचनमा बन्गाडकुपिण्डे नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष रहेका गोविन्दकुमार पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा भएको थियो । बुढाथोकी ९३ मतान्तरले पराजय हुनु परेको थियो ।