• १५ चैत २०८०, बिहिबार

काभ्रेको भुम्लु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

blog

केदार तिमल्सिना
बनेपा, जेठ ३ गते ।
काभ्रेको १३ वटा स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा गठबन्धन विजय भएको छ । भुम्लु गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट अध्यक्षको उम्मेदवारी दिनुभएको प्रेमबहादुर आले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रमान तामाङ विजयी हुनुभएको हो । अध्यक्ष पदमा भुजेलले एमालेका प्रेमबहादुर लामालाई एक हजार २२४ मत अन्तरले पराजीत गर्नुभएको हो ।

यसैगरी, उपाध्यक्ष पदमा तामाङले एमालेकी उम्मेदवार श्रेष्ठलाई दुई हजार ६९ मतान्तरले पराजीत गर्नुभएको हो । यसैगरी, गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ, वडा नम्बर २ मा कांग्रेसका सुजन भण्डारी, वडा नम्बर ३ मा एमालेका ज्ञानबहादुर तामाङ, वडा नम्बर ४ मा एमालेका लोक बहादुर कुँवर, वडा नम्बर ५ मा कांग्रेसका अञ्चलकुमार लामा विजयी हुनुभएको छ ।

त्यस्तै, वडा नम्बर ६ को वडा अध्यक्षमा एमालेका भरतबहादुर शिवभक्ति, वडा नम्बर ७ मा एमालेका रमेशराज खरेल, वडा नम्बर ८ मा नेकपा (एकीकृत समाजवादी)का मोतिलाल तामाङ, वडा नम्बर ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नम्बर १० मा एमालेका केशरमान लामा विजयी हुनुभएको छ ।