• १२ साउन २०८१, शनिबार

सिमकोटमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

blog

राजन रावत

हुुम्ला जेठ ३ गते । सिमकोट गाउँपालिकामा अध्यक्ष पदमा सत्ता गठबन्धन विजयी भएको छ । सो गठबन्धनबाछ नेकपा माओवादी केन्द्र विजय भण्डारी र उपाध्यक्षमा नेपाली काँग्रेसका सुुशिला भाम रोकाया विजयी हुनुु भएको छ । 

मुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेलले मतगणनाको अन्तिम परिणाम अनुुसार भण्डारीले दुुई हजार ८८२ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकतटम प्रतिद्वन्द्वी नेकपा एमालेका अविराम शाहीले एक हजार ९६९ मत प्राप्त गर्नु भएको थियो । 

त्यसैगरी उपाध्यक्ष पदमा रोकायाले दुुई हजार ४७४ मत प्राप्त गर्नु भएको थियो भने उहाँको निकट  नेकपा एमालेकी प्रतिमा लामाले एक हजार ४५७ मत प्राप्त गर्नु भयो 

त्यसैगरि सिमकोट गाउँपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलबहादुुर बुुढा ३८४ मत ल्याएर निर्वाचित हुुनुु भएको हो । आठ वटा वडाहरु रहेको सिमकोट गाउँपालिका वडा नम्बर १, २, ४ र ७ मा नेपाली काँग्रेस, वडा नम्बर ३, ६ र ८ मा नेकपा माओवादी केन्द र वडा नम्बर ५ मा नेकपा एमाले विजयी भएको छ ।