• १३ वैशाख २०८१, बिहिबार

चिशङ्खुगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका निशान्त शर्मा विजयी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २ गते । चिशङ्खुगढी गाउँपालिकाको अध्यक्ष्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार अशोक थापालाई पाँच सय सात मतले पछि पार्दै शर्मा अध्यक्षमा पुन विजयी हुनुभएको हो । 

२०७४ को स्थानिय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा विजयी हुनुभएको थियो । शर्माले तीन हजार एक सय ९८ मत प्राप्त गर्नुभएको छ भने थापाले दुई हजार छ सय ९१ मत पाउनुभएको छ । 

यसैबीच गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशङ्खुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको छ । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित हुनुभएको हो । 

थापाले तीन हजार एक सय १६ र राईले दुईहजार ५० मत प्राप्त गर्नुभएको छ । 

पालिकाको आठ वडा मध्ये चार वडामा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा प्यानल सहित विजयी हुनुभएको छ । वडा नं.१ उषक कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र वडा नं.४ हिमाल राईले माओवादी केन्द्रबाट जित्नुभएको हो । 

यसैगरी वडा नं. ६ मा र ७ मा नेपाली काँग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी हुनभएको छ । वडा नं. ८ मा नेकपा एमालेका उम्मेदवार शुसिलजङ कार्की वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछी पुन मत गणना गरिएको छ । 

अन्य पालिकाहरुको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।