• ८ वैशाख २०८१, शनिबार

पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लीन स्वीप’

blog

केशवचन्द्र महरा 

दिपायल, जेठ २ गते । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले एकलौटी विजय हासिल गरेको छ ।

सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले डोटीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्षमा राम प्रसाद उपाध्याय , उपाध्यक्षमा पशुपती खड्का विजयी हुनु भएको हो । उपाध्याय ५ हजार १३३ मतसहित विजयी हुनुभएको छ ।

निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण कुमार खड्काले २ हजार २०५ मत प्राप्त गर्नु भयो ।