• १३ वैशाख २०८१, बिहिबार

चट्याङ लागेर एक युवकको घटनास्थलनमा मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २ गते । झापाको हल्दिबारीमा आइतबार राति हावापानीसँगै परेको चट्याङ लागेर एक युवकको घटनास्थलनमा नै ज्यान गएको छ । हल्दिबारी गाउँपालिका वडा नं. २ मा २६ वर्र्षीय भेना हस्दाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साढे १ बजेतिर शौचालय गर्न कोठाबाट बाहिर निस्कँदा सोही बेला परेको चट्याङले लागेर हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।