• १४ वैशाख २०८१, शुक्रबार

लागूऔषध गाँजासहित एक पक्राउ

blog

साङ्केतिक तस्बिर

अमरराज नहर्की
तनहुँ, जेठ २ गते ।
तनहुँ प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३२ बस्ने २३ वर्षका  अमन भुजेल रहेका छन् । भुजेललाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

भुजेलको खानतलासी गर्ने क्रममा झोलाभित्र लुकाई राखेको पाँच किलो ८५० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ८७८८ नं.को बस चेकजाँ गर्नेक्रममा अस्थायी प्रहरी चौकी कोत्रे तनहुँबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

भुजेललाई नियन्त्रणपछि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।