• १ कात्तिक २०८१, बिहिबार

चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण

blog

चीनले पठायो नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा ।

बेइजिङ, कात्तिक १ गते । चीनले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको छ ।

गाओफेन–१२ ०५ स्याटेलाइट बुधबार बिहान ७ः४५ बजे (बेइजिङ समय) लङ मार्च–४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।

यो भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहतलगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५४० औं उडान मिसन हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल