• २८ असोज २०८१, सोमबार

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबार देखि जर्मनी भ्रमणमा

blog

बर्लिन, असोज  २८ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मनी  भ्रमण गर्ने अपेक्षा गर्नुभएको छ ।

“उहाँ शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनुहुने स्रोतले जनाएको छ ।”

जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।

बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उहाँले उक्त भ्रमण रद्द गर्नुभएको थियो ।

अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।  रासस/एएफपी