• १७ असार २०८१, सोमबार

विवादपछि गोली चल्दा उदयपुरमा एक जनाको मृत्यु, एक घाइते

blog

मृतक १९ वर्षीय नवीन कटुवाल । तस्बिरः भोटराज

भोटराज राई
उदयपुर, वैशाख ३०।
उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। 

प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो। १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेको छ। भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा बसिरहेका मनकुमारको खुट्टामा गोली लागेको हो। 

कालिका माध्यामि विद्यालय केन्द्रमा विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो।  प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड गोली चलाएको थियो। स्थानीयका अनुसार नवीनको घटनास्थलमै मृत्यु भएको हो।