• २१ वैशाख २०८१, शुक्रबार

सिन्धुपाल्चोकमा दुई केन्द्रमा झडप : पुनः मतदानका लागि पहल जारी

blog

खाजाको विषयले झडप भएपछि मतदान रोकिएको त्रिपुरासुन्दरी गाउँपालिका–३ महेन्द्रप्रताप माविको मतदान केन्द्र । तस्बीर : सीमा तामाङ

चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख ३० गते ।
नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानका विषयमा विवाद हुँदा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाईफाइरिङ गरेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले झडपमा एमाले र कांगे्रसका चारजना कार्यकर्ता घाइते भएका छन् ।

उक्त झडपलाई नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले हवाई फयारिङ गर्नु परेको जानकारी दिनुभयो । झडपपछि मतदान रोकिएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा सबै दल मतदान सुचारु गर्न सहमतीमा पुगेको इन्स्पेक्टर न्यौपानेले बताउनुभयो ।

त्यस्तै, मतदानमा खटिएका कर्मचारीलाई काँगे्रस प्रतिनिधिले ले मःम, फुर्टी खाजा ल्याइदिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा विवाद भएको छ । सुरक्षाकर्मी र काँग्रेस कार्यकर्ताबीच झडप भई मतदान रोकिएको छ ।

धुस्कुनस्थित महेन्द्रप्रताप मावि मतदान केन्द्रमा भइरहेको मतदान समयमा मःम र अन्य खाजा ल्याएपछि सुरक्षाकर्मीले खाजा खुवाउन नदिएपछि झडप भएको थियो ।

झडपले उग्ररुप लिएपछि सो मतदान केन्द्रको सबै मतपेटीका सुरक्षाकर्मीले मतदान केन्द्रको कोठाभित्र सुरक्षित तरिकाले राखेको स्थानीय सञ्चारकर्मी सीमा तामाङले जानकारी दिनुभएको छ । यसबारे जिल्ला प्रहरी कार्यालयले घटनाको विवरण संकलन गरिरहेको जनाएको छ । उक्त मतदान केन्द्रमा दुई हजार नौ सय मतदाता छन् । अहिलेसम्म एक हजार मत खसेको छ ।