• ७ वैशाख २०८१, शुक्रबार

जलवायु परिवर्तन (निबन्ध )

blog

 सुक्षम रानाभाट

बिहान उठ्ने बेला तपाईँले पटक पटक उठाउँदा कोल्टे परि परि सुत्ने म अहिले त आल्रामको एकै आवाजमा जुरुक्क उठ्न सक्ने भएको छु । आमा कति मेहनत गरी मेरो लागि बनाएको खाना, तपाईँले धम्काउँदै नखाने म । अहिले त चिसो, बासी भात पनि मीठा मानी मानी खाने भएको छु ।

तपाईँले दिएको एक सय रुपैयाँ थोरै हुन्छ भनी झगडा गर्ने म । अहिले त १० रुपैयाँ खर्च गर्न पनि १० चोटि सोच्न सक्ने भएको छु ।

स्कुल पढ्न जाँदा बिरामी भएको बहाना बनाई स्कुलबाट भागेर आउने म । अहिले त बिरामी पर्दा पनि लगातार स्कुलमा खट्न सक्ने भएको छु आमा ।

हिजोसम्म तपाइँको एक गालीले मन दुखाएर ठु्स्केर बस्ने म । आज त अरुको हरेक तितो गाली सुन्न सक्ने भएको छु आमा । आमा म त ज्ञानी भएको छु । हो  आमा म त साँच्चिकै ज्ञानी भएको छु ।

मुना मासिकको ३२औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश पोखरामा आयोजित कार्यक्रममा वाचन गरिएको निबन्ध ।