• १२ पुस २०८१, शुक्रबार

मुना (कविता)

blog

अनिज पोखरेल


३२औँ मुना दिवस रमाइलो छ आज

सबै जनालाई नमस्कार गर्छु मञ्चको माझ ।


बालकको प्रतिभालाई मुना अघि सार्छौं

प्रतिभाको प्रचार गरी जीवन उज्ज्वल पार्छौं ।


बालकभित्र लुकेको यो प्रतिभाको खानी

अघि बढ्ने मौका दिन्छौँ तिमी छानी छानी ।


एक अर्काको प्रतिभालाई देखाउने मुना

प्रतिभाको प्रस्फुटनले सक्छौ सगर छुन ।


महिनैपिच्छे मुना पढ्ने आउँछ मेरो मन

प्रतिभाले जोश दिन्छ प्रतिभा नै धन ।


पत्रिका यो मुना हामी सबले पढ्नु पर्छ

दिन्छ यसले नयाँ ज्ञान बौद्धिकता नि पढ्न ।


तिमीभित्र चुट्किला र सामान्य ज्ञान हेर्छु

त्यस्तै राम्रा ज्ञान देख्छु कविता नि पढ्छु ।


हिमाल, पहाड, तराईमा मुना तिमी डुल

सुगम दुर्गम सबै ठाउँमा गुराँस बनी फूल ।


बालकको सधैँ मुना बनिरहोस् भित्र

नयनमा नाची रहोस् सधैँ तिम्रो चित्र ।


हवस हजुर आज यति भन्दै ओझेल परौँ

सब जनाले यो पत्रिका पढ्ने बानी गरौँ । 

मुना मासिकको ३२औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश पोखरामा आयोजित कार्यक्रममा वाचन गरिएको कविता ।