प्रनिशा भण्डारी
जन्माई, हुर्काइ ठूलो बनाइन् मलाई
आफू नखाई नखाई पेटभरि खुवाइन् मलाई ।
मलाईभन्दा बढी
मेरो चोट उनलाई दुख्छ
रुघाखोकी लाग्दा मलाई
नसुती उनको रात बित्छ ।।
पढी लेखी ठूलो बन
भनी विद्यालय पठाउँछिन्
छोरी कहिले घर आउँछे
भनी कुरी बस्छिन् ।।
अरूको डाहा नगरी जे छ
त्यसमा खुसी हुन सिकाइन्
अरूलाई दुःख पर्दा
जाऊ छोरी सहयोग गर भनी अघि सारिन् ।।
आज म बुझ्ने भएँ
पहिलाभन्दा बढी माया लाग्छ
आमाको मुहारमा मुस्कान
देख्न पाए सबै दुःख भाग्छ ।।
आमा नै हुन् मेरो जिउँदो भगवान्
सधैँ पूजा गर्छु
आमाको त्यो न्यानो काखमा नै
मेरो जिन्दगी बिताउन चाहन्छु ।।