• १८ जेठ २०८२, आइतबार

नयाँ वर्षमा एसईई (कविता)

blog

 प्राप्ति खतिवडा 

घुम्दै फिर्दै फेरि आयो नयाँ वर्ष

मनमा पनि लागेको छ धेरै धेरै हर्ष


यही वर्षमा परेको छ एसईई हाम्रो

कसरी गर्ने होला यो परीक्षा राम्रो

 

डर लागिरहेको छ मनमा कता कता

यही चिन्ताले झस्काउँछ गए पनि जता


राम्रो गर भन्नुहुन्छ आमा बाबा सबै

पढ्ने मात्र काम छ हाम्रो नगएर कतै


नाम हाम्ले राख्नुपर्छ मेहनत गरी 

अमूल्य यो समयको महत्त्वलाई बुझी


फेरि फेरि आउँदैन आजको यो समय 

ठूलो मान्छे बन्ने राख्नु पर्छ लक्ष्य

नयाँ वर्र्ष नयाँ जोश नयाँ नयाँ जाँगर

ल है साथी पढ्नु पर्छ गर्नु हुन्न अटेर