• ४ जेठ २०८१, शुक्रबार

मालोर्कालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा

blog

मालोर्काविरुद्ध गोल गरेपछि बार्सिलोनाका मेम्फिस डिपाय । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १९ गते । बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई २-१ गोलले हरायो । बार्सिलोनालाई जिताउन मेम्फिस डिपाय र सर्जियो बुस्केट्सले गोल गर्नुभयो । मालोर्काका एन्टोनियो जोसले सान्ँत्वना गोल फर्काउनुभयो । 

२५औँ मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउनुभयो । ५४औँ मिनेटमा सर्जियोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि खेलको ७९औँ मिनेटमा मालोर्काका एन्टोनियोले गोल फर्काएपनि टोलीको हार टरेन । जितसँगै बार्सिलोनाले ३४ खेलमा ६६ अंक बनाएको छ । पराजित मालोर्का ३२ अंक सहित १६औँ स्थानमा छ । ला लिगाको उपाधि भने रियल म्याड्रिडले चार खेल अगावै जितिसकेको छ । एजेन्सी