• ४ जेठ २०८१, शुक्रबार

चेल्सीलाई एभर्टनको झट्का

blog

चेल्सीविरुद्ध गोल गरेपछि एभर्टनका रिचार्लीसन । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख १९ गते । इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली चेल्सीलाई रेलिगेसनको दबाबमा रहेको एभर्टनको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग उसैको मैदानमा १-० गोलले पराजित भयो । एभर्टनका लागि रिचार्लीसनले निर्णायक गोल गर्नुभयो । 

रिचार्लीसनले ४६औँ मिनेटमा गोल गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । हारेपनि चेल्सी तेस्रो स्थानमा यथावत छ । ३४ खेल सकेको चेल्सीको ६६ अंक छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ८३ र दोस्रो स्थानमा रहेको लिभरपुलको ८२ अंक छ । चेल्सीलाई हराएपनि एभर्टनले रेलिगेसन रेखा छल्न सकेको छैन । ३३ खेल सकेको एभर्टन ३२ अंक सहित १८औँ स्थानमा छ । 

यसैगरी घरेलु मैदानमा भएको अर्को खेलमा टोट्टनहामले लेस्टर सिटीलाई ३-१ गोलले हरायो । टोट्टनहामको जितमा ह्युङ मिन सनले दुई तथा ह्यारी केनले एक गोल गर्नुभयो । लेस्टरका केलेची इहेनाचोले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै ६१ अंक बनाएको टोट्टनहाम पाँचौँ स्थानमा छ । पराजित लेस्टर ४२ अंक सहित ११औँ स्थानमा छ । चौथो स्थानमा रहेको आर्सनललको ६३ अंक छ । आइतबार राति नै भएको खेलमा आर्सनलले वेस्टहामलाई उसैको मैदानमा २-१ गोलले पराजित गरेको हो । एजेन्सी