• ७ जेठ २०८१, सोमबार

नयाँ वर्षमा मिलन र प्रकाशले ल्याए ‘यूके लण्डनमा’

blog

काठमाडौं, वैशाख १ गते ।  गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको यूके लण्डनमा  बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मकाउमा रहेका गायक  सिङले नयाँ वर्षको अवसर पारेर ल्याएको गीतका शब्द राजु आर डीका हुन्। 

गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा  मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ। पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।

लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ। गायक सिङले यसअघि नै आधा दर्जन भिडियो ल्याइसक्नु भएको छ।  अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अ्मर लिङ्देन, अडियो नेपालका बुद्ध सयमी र काठमडौँका सन्तोष बिश्वोकर्माको हयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए।