• ६ जेठ २०८१, आइतबार

विवरण दिन अटेर

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ,वैशाख १ गते । फलामे डन्डी उद्योगीहरूले सरकार निर्देशनअनुसार विवरण बुुझाउन अटेर गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यही चैत ८ गते फलामे डन्डीको मूल्य बढ्नुुको कारणसहितको विवरण पेस गर्न दिएको निर्देशन दिए पनि त्यसको पालना हुन नसकेको हो । विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले विभागको निर्देशन अनुसार दुुई/तीनवटा उद्योगीले बाहेक कसैले पनि मूल्य बढ्नुुको कारणसहितको विवरण बुुझाएका छैनन् ।

उहाँका अनुसार नेपाल स्टिल रोलिङ मिल एसोसिएसनले आफ्ना तर्फबाट पठाएको विवरण त्यति चित्तबुुझ्दो नभएपछि विभागले एसोसिएसनमा आबद्ध उद्योगीलाई आआफ्नो उद्योगको मूल्यको विवरण बुुझाउन निर्देशन दिएको हो । 

उहाँले भन्नुभयो, “अर्को निर्देशन दिएको पनि १५ दिन भयो तर जगदम्बा र हिमाल स्टिल उद्योगबाहेक अन्यको विवरण आएको छैन ।” बजार निरीक्षक अधिकृत पौडेलले अन्तर्राष्ट्रिय मूल्यको बहाना बनाएर मौज्दात सामानको मूल्य बढाउनु कानुनविपरीत भएकाले विभागबाट उद्योगीसँग खरिदका बिलसहितका विवरण माग गरिएको बताउनुभयो । तोकिएको समयसीमाभित्र विवरण नआएमा कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो । 

उहाँले उद्योगीलाई हतोत्साही गर्नुु सरकारको चाहना नभएको भन्दै एक÷दुुई दिनभित्र यथार्थ विवरण विभागमा पेस गर्न निर्देशन दिएको दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तै अटेर गरिरहेमा ती उद्योगीलाई वैशाखको पहिलो सातादेखि अनुुगमन कानुनी कारबाही थाल्छौँ ।”

नेपालमा फलामे छड वा डन्डी उत्पादन गर्ने उद्योगको सङ्ख्या २१ वटा रहेका छन् । पछिल्लो पटक छड र डन्डीको मूल्य वृद्धिले गर्दा सानादेखि ठूला निर्माणका आयोजना प्रभावित भएको र मौज्दात छडमा समेत उद्योगीले बढी पैसा लिएको भन्दै विभागमा उजुरीका चाङ नै छन् । 

उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको दाबी गर्दै आएका छन् । उद्योगहरूले डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यस्तो कच्चा पदार्थ पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमै महँगो भएको बताउँदै आएका छन् ।  

डन्डीको भाउ अन्तर्राष्ट्रियस्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएको तर कति बढ्नुपथ्र्यो र कति बढाइयो भन्ने मात्रै अहिलेको खोजीको जनाएको छ । पछिल्ला दुई/तीन महिनामा डन्डीको भाउ प्रतिकेजीमा ३५ देखि ४० रुपियाँसम्म बढेको छ ।