• ६ जेठ २०८१, आइतबार

कलाकारको नयाँ वर्ष योजना

blog

यलु जोशी

काठमाडौँ, वैशाख १ गते । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष २०७९ को स्वागतमा यतिबेला सबै केन्द्रित भएका छन् । काठमाडौँका साथै देशका  विभिन्न सहरमा नयाँ वर्षको पूर्वसन्ध्यामा कन्सर्ट, डान्स पार्टीलगायत कार्यक्रम भइरहेका छन् ।

सामान्यतः भेटघाट र घुमघाम गर्ने उपयुक्त बहाना हुने नयाँ वर्ष सेलिब्रिटीका लागि अझ विशेष हुन्छ । उनीहरूले विगत वर्षको सफलता÷असफलताको लेखाजोखा गर्दै नयाँ योजना तय गर्ने उपयुक्त समय नयाँ वर्षलाई नै बनाउने गर्छन् । 

कालीप्रसाद बाँस्कोटा : मेरा लागि नयाँ वर्ष खास हुनेछ किनभने कोरोना महामारीमा कुनै स्टेज कार्यक्रममा सहभागी हुन पाइनँ । सबै क्षेत्रको अवस्था दयनीय नै पुगेको थियो । नयाँ वर्षलाई लिएर म उत्साहित छु भने अब देशमा राम्रो हुने सङ्केत पनि छ । विगत दुई वर्षपछि नयाँ वर्षको पूर्वसध्यामा साङ्गीतिक कार्यक्रम दिनेछु । मेरो लािग नयाँ वर्ष नयाँ उमङ्ग उत्साह र पोजिटिभ भाइब्सले भरिपूर्ण हुने विश्वास लिएको छु । कोरोना कालमा गर्न नसकेका सबै काम यो वर्ष गर्ने योजना छ । पूर्वसध्यामा कन्सर्ट लिएर राम्रो कामको सुरुवात गरेको छु ।

 ज्योति मगर : अझै मेहनत गर्ने, राम्राराम्रा गीत दिने र सकभर रक्सी छोड्ने यो वर्षको योजना छ । यसबाहेक वजन घटाउने अर्को योजना हो । पहिलाको वर्ष त्यस्तो खासै योजना थिएन । नयाँ वर्षलगत्तै गीत पनि रिलिज गर्नुपर्नेछ । 

ऋचा शर्मा : म कहिल्यै कुनै पनि कुराको योजना बनाउँदिनँ । गर्नुपर्ने काम कसैलाई नभनी आफैँ गर्छु । नयाँ वर्षमा चलचित्र पनि काम गर्छु । घरमै पारिवारिक जमघट हुन सक्छ । मेरो छोरासँग रमाइलो गर्ने, बालबालिकासम्बन्धी विभिन्न सामग्रीको सूचना दिनेछु । यो वर्षदेखि स्वास्थ्यमा विशेष ध्यान दिने योजना छ । 

करिश्मा मानन्धर ः सकेसम्म एक्सरसाइज गर्ने, स्वस्थ र खुसी रहने योजना छ । अरू कुरामा खासै केही रिजोलुसन छैन । राजनीतिमा पनि सक्रिय भएको नाताले आफ्नो पार्टीलाई चुनावमा साथ दिनुप¥यो । नयाँ वर्षको दिन बाहिर गएर सेलिब्रेट गर्ने योजनामा छैन । घरकै स्टाफसँग भान्सामा बसेर नयाँ वर्ष मनाउँछु किनभने मेरो दिनको सुरुवात नै उहाँहरूबाट हुन्छ र मेरा लागि उहाँहरू निकै महत्वपूर्ण हुनुहुन्छ ।