• ५ चैत २०८१, मङ्गलबार

यु–१९ क्रिकेट टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत ४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यु–१९ पुरुष विश्वकपको एसिया छनोटका लागि खेलाडी टोली घोषणा गरेको छ ।

क्यानले सोमबार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । छनोट खेल चैत ३० देखि वैशाख ८ गतेसम्म काठमाडौँमा हुनेछ । क्यानले यही खेलाडीबाट अन्तिम १४ खेलाडीको नाम सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।

विश्वकपका लागि एसिया छनोटमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानको सहभागीता रहनेछ ।

नेपाली टोली

नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, निरजकुमार यादव, सहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशनकुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अलि, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरबिन्द घर्ती, सोहेल कुँवर, विपिनकुमार शर्मा, नितेश पटेल र अमर मिश्र ।