लागुऔषध खरिद बिक्री गर्ने पाँचजना पक्राउ
पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो ।
आर्थिक उदारीकरण : विषयगत प्रश्नोत्तर
आर्थिक उदारीकरण १. आर्थिक उदारीकरण भनेको के हो ? आर्थिक उदारीकरणको नीतिबाट नेपालले अधिकतम लाभ लिन नसक्नुका कारण पहिचान गर्नुहोस् । अर्थतन्त्रमा सरकारको भूमिका र नियन्त्रणलाई न्यूनीकरण गरी निजी क्षेत्रको भूमिकालाई प्राथमिकता दिने र प्रवर्धन गर्दै जाने नीतिलाई आर्थिक उदारीकरण भनिन्छ । आर्थिक उदारीकरणले अर्थतन्त्रमा सर
नेपाली कम्युनिष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा महरा
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहित १२ दल एकीकरण भएपछि बनेको नेपाली कम्युष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन हुनुभएको छ ।
काइँला र तमोटलाई षडानन्द पुरस्कार प्रदान
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, इतिहासलगायतका क्षेत्रमा योगदान पु¥याउनुभएका दुई सर्जकलाई सम्मान, पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले मङ्गलबार राजधानीमा आबाल ब्रह्मचारी षडानन्दको १९१ औँ जन्मजयन्ती र १८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार, मुन्धुमविद् तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र नेवार संस्कृति, भाषा तथा वाङ्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई पुरस्कृत गरिएको हो ।
धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार गरी प्रभावकारी रुपमा सेवा सञ्चालन हुँदै आएपछि धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ ।
चालिसभन्दा बढी कलाकारका कलाकृति प्रदर्शनी
होटेल म्यारियटको आयोजना तथा प्रिज्मा स्टेसनरीको सहकार्यमा ४० भन्दा बढी कलाकारका कलाकृतिको प्रदर्शनी गरिएको छ । होटेल म्यारियटको कोशी हलमा आयोजना भएको उक्त प्रदर्शनीका हरेक कलाकृतिले भित्री आत्माको आत्मनिरीक्षण अन्वेषणदेखि कृषि, संस्कृति र विकसित हुँदै गइरहेको नेपाली पहिचानको चित्रण गर्न खोजेको देखिन्छ ।
स्वदेशी लगानीमै छ खर्ब जुटाइने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई महत्वपूर्ण जलविद्युत् आयोजना बुढीगण्डकी र अप्पर अरुण जलविद्युत् आयोजनाको लगानीको मोडालिटी टुङ्गो लगाएको छ । मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मन्त्रालयका सचिवद्वय चिरञ्जीवी चटौत र सरिता दवाडीलगायत आयोजना सम्बद्ध अधिकारीसँगको छलफलले अन्तिम स्वरूप प्रदान गरेको मन्त्रालयले जनाएको छ ।
पर्यटकको आकर्षण “मालिका पिस पार्क”
पश्चिम गुल्मीको “मालिका पिस पार्क” पर्यटकको आकर्षण बन्दै गएको छ । यस जिल्लाको मालिका गाउँपालिका वडा नम्बर– ४ अर्खबाङ्गमा अवस्थित “मालिका पिस पार्क” मा घुम्न आउने पर्यटकहरु निकै रमाउने गर्छन् ।
ब्याज घट्ने हल्लाले बढ्यो सुन
स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपियाँले बढेको छ । सोमबार प्रतितोलामा दुई लाख ४२ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार दुई लाख ४७ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ताप्लेजुङमा भालुको आक्रमणबाट महिला घाइते
ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनुभएको हो ।
लालबन्दीमा बेवारिसे पुरुषद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा मङ्गलबार साँझ एक बेवारिसे पुरुषले आत्मदाहको प्रयास गर्नुभएको छ ।
श्रीलङ्कामा हवाईसेवा विस्तारको प्रस्ताव
नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितियासँग श्रीलङ्कामा हवाईसेवा विस्तार गरेर दुई देशबिच पर्यटक आवागमन बढाउने प्रस्ताव गरेको छ ।
छुर्पी निर्यात बढ्दा डिडिसीलाई राहत
कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ ‘छुर्पी’ (डग च्यु) को निर्यात बढेपछि बजार अभावमा सङ्कट झेलिरहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत मिलेको छ ।
वालिङमा पहिलो पटक ‘सडक खाना महोत्सव’
स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित स्याङ्जाको वालिङमा ‘सडक खाना महोत्सव’ हुने भएको छ ।
वनगाड कुपिण्डेमा १५ शय्याको नगर अस्पताल सञ्चालन
सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले १५ शय्याको आधुनिक नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
नयाँ सङ्क्रमणले किसानलाई हैरानी
पशु र कृषिमा यसअघि नदेखिएका रोग, किरा र सङ्क्रमणले किसानलाई हैरानी पारेको छ । आधुनिक खेती प्रणालीको विकाससँगै हाइब्रिड बिउको प्रयोग र पशुमा नयाँ जातको विकासका अभ्यास सुरु भएपछि उत्पादनमा वृद्धि भएको छ । यसले विश्वका विभिन्न मुलुकबाट छिरेका नयाँ सङ्क्रमण र रोगले किसानले ठुलो क्षति बेहोर्न बाध्य भएका छन् ।
विज्ञापनको रकम भुक्तानीमा कडाइ
सञ्चार माध्यमले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत हुने भुक्तानीमा कडाइ गरेको छ । सञ्चार माध्यमले निकै सस्तो मूल्यमा विज्ञापन प्रकाशन गर्ने तर विज्ञापन एजेन्सीको मिलेमतोमा सरकारी निकायले उक्त विज्ञापनबापतको रकम भने महँगो भुक्तानी गरेको गुनासो आएपछि सरकारले कडाइ गरेको हो ।
‘चुनावका लागि दलहरू तयार’
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दल तयार भइसकेको बताउँदै अब मुलुकमा निर्वाचनको वातावरण बनेको दाबी गर्नुभएको छ ।
बाथरोग प्रारम्भमै थाहा पाउन सकिने
कुनै व्यक्तिमा बाथरोगको सम्भावना छ, छैन भनेर पहिले नै पत्ता लगाउन सकिने भएको छ । नेपालमा पहिलो पटक सक्षम डायग्नोस्टिक मेसिन किट भित्रिएपछि बाथरोगबारे जानकारी लिन लक्षण कुर्नुपर्ने छैन ।
काठमाडौँमा आँखासम्बन्धी अध्ययन : सन्तानब्बे प्रतिशतमा समस्या
काठमाडौँमा गरिएको एक अध्ययनले ४० वर्षमाथिका ९७ प्रतिशत व्यक्तिमा आँखासम्बन्धी कुनै न कुनै समस्या देखाएको छ । विज्ञको भनाइ छ, ‘जनचेतना फैलाउन सके आँखासम्बन्धी समस्या ९० प्रतिशत कम गर्न सकिन्छ ।’
बालगृहमा मापदण्डविपरीत बालबालिका
वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको संरक्षणका लागि बालगृहमा राख्ने व्यवस्था भए पनि अधिकांश बालबालिका मापदण्डविपरीत राख्ने गरेको पाइएको छ । बालबालिका र उनीहरूका पारिवारको कमजोर आर्थिक अवस्थालाई आधार बनाएर बुवा र आमा दुवै भएका वा बुवा वा आमा एक जना भएका बालबालिकालाई बालगृहमा राखेको जानकारी गराइएको छ ।
सडक दस्तुर पुनः सुरु
विभिन्न राजमार्ग र सडकमा गुड्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (रोड टोल) सङ्कलन पुनः सुरु गरिएको छ । मुलुकमा कोभिड–१९ को महामारी सुरु भएसँगै बन्द गरिएको उक्त दस्तुर करिब छ वर्षपछि पुनः सङ्कलन सुरु गरिएको हो । कोभिड–१९ को महामारी सुरु हुनुअघि सडक बोर्ड नेपालले मुलुकका विभिन्न १५ राजमार्गमा उक्त दस्तुर सङ्कलन गर्दै आएको थियो ।
‘नदेख्ने’ ले देखाइदिए संसारलाई
प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता बनेर नेपालले ठुलो उपलब्धि हासिल गरेको छ । यद्यपि नेपाली महिला दृष्टिविहीन टिम सन्तुष्ट छैन । नेपाली टिमकी कप्तान गीता पौडेललाई विश्वकप जितेर इतिहास बनाउन नसकेको छट्पटी छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण चाङ्गाखर्क
म्याग्दीको मंगला गाउँपालिका –५ स्थित चाङ्गाखर्क प्राकृतिक रुपमा मनोरम छ । चाङ्गाखर्कबाट लहरै हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल भए पनि प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।