टी–२० विश्वकप : आयरल्यान्डसँग ओमान पराजित
आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको छ । लगातार तेस्रो हारसँगै ओमान विश्वकपबाट बाहिरिएको छ ।
‘क्षणिक लोकप्रियताले दीर्घकालीन असर पार्छ’
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले क्षणिक तथा भावनात्मक लोकप्रियताले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि प्रभाव पार्न सक्ने बताउनुभएको छ।
गोरखापत्रकर्मी श्रेष्ठलाई मातृशोक
गोरखापत्र संस्थानका कर्मचारी राजेन्द्र श्रेष्ठको ममतामयी आमा चिजकुमारी श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाबाट पीडित उहाँको शुक्रबार निधन भएको हो।
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
टी–२० विश्वकप : वेस्ट इन्डिजसँग शाख जोगाउने अपेक्षा
वेस्ट इन्डिज नेपालका लागि अर्को बलियो प्रतिद्वन्द्वी हो । लगभग सुपर आठको सम्भावना सकिएको नेपालले वेस्ट इन्डिजलाई हराएर आफ्नो शाख जोगाउने अपेक्षा गरिएको छ ।
मिल्सबेरी काष्ठमण्डप बास्केटबल च्याम्पियन
उत्कृष्ट प्रदर्शन, आत्मविश्वास र सशक्त टिमवर्कका साथ मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए–लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
भेनेजुएलामा राजनीतिक दमन अन्त्यतर्फ कदम चाल्दै, १७ कैदी रिहा
भेनेजुएलाका संसद अध्यक्ष होर्जे रोड्रिगेजले शनिबार १७ जना राजनीतिक कैदीलाई रिहा गरिएको घोषणा गर्नु भएको छ । उक्त कदम त्यति बेला आएको हो जब देशको संसदमा ऐतिहासिक राजनीतिक रिहाइ विधेयकको प्रस्तावमा छलफल जारी छ, जसले विपक्षी विरुद्ध अदालतको दमन रोक्ने उद्देश्य राखेको छ ।
विद्यालय भ्यान दुर्घटना : मृत्यु हुने संख्या दुई पुग्यो
विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको थियो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र प्रथम
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा मुस्ताङका पाँच स्थानीय तहमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रथम भएको छ ।
मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण
सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन् । ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पुर्याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापाको अर्जुनधारा नगरपालिकामा अनौठो तवरले मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
इरानसँगको तनावमा ट्रम्पले अमेरिकी दबाब बढाउँदै
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत पठाउने निर्णय गर्नु भएको छ ।
आर्टेमिस द्वितीयको प्रक्षेपणतर्फ अर्को परीक्षण
चन्द्रमामा मानव फर्काउने महत्त्वाकांक्षी योजना अन्तर्गत नासाले आर्टेमिस द्वितीय मिसनका लागि तयारी तीव्र बनाएको छ ।
करिब दुई करोड मूल्यको कपडा बरामद
भारतीय सिमा क्षेत्रबाट नेपाल भित्रिएको करिब दुई करोड मूल्य बराबरको कपडाजन्य सामाग्रीसहितको दुई वटा ट्रक बिराटनगरबाट नियन्त्रण भएसँगै भन्सार कर्मचारी र सशस्त्र प्रहरी बलको ‘सेटिङ’मा सो क्षेत्रमा तस्करी बढेको अनुमान गरिएको छ ।
विपन्न परिवारलाई किरिया खर्च
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । पालिकाले गत आर्थिक वर्षबाट प्रतिपरिवार २० हजार रुपियाँका दरले सहयोग प्रदान गर्दै आएको हो ।
नेपाली सेना गौरवको प्रतीक हो : प्रदेश प्रमुुख मियाँ
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेना जनताको विश्वास, राष्ट्रको ढाल र गौरवको प्रतीक रहेको बताउनुभएको छ ।
सुनसरीमा मतदान स्थल निरीक्षण
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा मतदान स्थलहरूको निरीक्षण कार्य तीव्र पारिएको छ।
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन ।
उम्मेदवार नपुग्ने गुम्बा गाउँ
बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने गुम्बा गाउँ उम्मेदवार नपुग्ने गाउँका रूपमा परिचित रहेको छ। जिल्ला सदरमुकाम मार्तडीबाट निकै दुर्गम तथा आवतजावत असहज हुने भएकाले गुम्बा गाउँमा उम्मेदवारहरू पुग्न कठिन हुने गरेको स्थानीयवासी बताउँछन्।
कार्यसम्पादन मूल्याङ्कनमा हिमाली पहिलो
स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका ९ वटा स्थानीय तह मध्ये यो पालिकाको ६५.६९ अङ्कसहित भन्दा पहिलो बनेको हो ।
फेवातालमा कार खस्दा चालकको मृत्यु
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्दा चालक २४ वर्षीय अदीत गुरुङको निधन भएको हो ।
स्याङ्जा कारागारमा नेपाली सेनाको सुरक्षा
फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ ।
अपूरो पात्रोले ‘स्वन्ति नखः’ मा भ्रम
नेवाः समुदायको नयाँ वर्ष ‘स्वन्ति नखः’ मा पर्छ अर्थात् तिहार पर्वसँगै नेपाल संवत् सुरु हुन्छ । यो संवत्लाई नेवार समुदायले अनुसरण गर्दै चाड, पर्व, संस्कृति र संस्कार अघि बढाउँदै आएको छ । नयाँ वर्षको