यौन चेतना दिने टुँडाल
हनुमानढोका दरबार क्षेत्र घुक्न आउनेका लागि त्यहाँका विभिन्न मठमन्दिरसँगै त्यसमा सजिएका काष्ठकला अद्भूत लाग्ने गर्छन् । प्रायः ले ती कला निकैबेर नियालेर हेर्ने र आनन्द लिने गर्छन् ।
थपिए छ हजार मतदाता
सरकारले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा स्याङ्जामा छ हजारभन्दा धेरै मतदाता थपिएका छन् । यही असोज २८ देखि मङ्सिर ५ सम्म परिचयपत्रमार्फत छ हजार ३८४ मतदाता थपिएका हुन् । सरकारले तोकेको यस पटकको अवधिमा जिल्लामा आठ हजार २२५ मतदाता थपिएका छन् ।
सरकारको सय दिन:भ्रष्टाचारमुक्त, सुशासनयुक्त पारदर्शी समाज
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत २० साउनमा बागमतीको मुख्यम
प्रदेशका बहुवर्षीय आयोजना : भौतिक रूपमा अलपत्र, अधुरा वा सञ्चालनविहीन
बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु गरिएका धेरै बहुवर्षीय आयोजना दोस्रो कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा पनि अलपत्र, अधुरा वा सञ्चालनविहीन अवस्थामा पुगेका छन् । सडक, भवन, कृषि तथा पशुपन्छी विकासजस्ता क्षेत्रमा सरकारले ठुलो लगानी गरे पनि धेरै आयोजना भौतिक रूपमा अपूर्ण र सञ्चालन मोडालिटीविहीन देखिएका छन् ।
ठुला योजना नै अलपत्र
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गतका रिडी–तम्घास र सिमलटारी–सौतामारे–मच्छी सडक लगभग एकै समयमा कामको सम्झौता भएका थिए । रिडी–तम्घासको २५ किलोमिटर सडक निर्माण सकिने अवस्थामा छ । सिमलटारी–सौतामारे–मच्छी सडक गत साउनमै सम्झौता सकिए पनि अलपत्र छ । यी दुई योजना जिल्लाका सबैभन्दा ठुला हुन् । श्रेष्ठ सक्षम जेभीले २०७९ साल कात्तिक ६ मा कुल एक अर्ब ४५ करोड रुपियाँमा ३१ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरे पनि २६ प्रतिशत मात्रै काम गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासले जनाएको छ ।
सभा हल निर्माण अन्तिम चरणमा
दाङको लमहीमा निर्माण हुन थालेको सभा हल अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५, रातोडाँडामो सुविधासम्पन्न सभा हल निर्माणको अन्तिम चरणमा पुगेको हो । करिव पाँच सय जना मानिस अट्ने सुविधासम्पन्न सभा हल तीन वर्षअघि निर्माण सुरु भएको थियो ।
‘नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्छौं’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखिएको सुरक्षा संवेदनशीलतालाई यथार्थ रूपमा पहिचान गर्दै आगामी दिनमा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रामपुरमा मनाइयो राम–सीता विवाह उत्सव
पाल्पामा जनकपुरधामपछि नेपालमै पहिलो पटक राम–सीता विवाह उत्सव मनाइएको छ । रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न ऐतिहासिक धार्मिक स्थल सीताकुण्डमा उत्सव मनाएको हो ।
ऐतिहासिक भग्नावशेष संरक्षणविहीन
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ को चावाचा क्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणविहीन बनेको छ । वराहक्षेत्र–१ को जलकन्या सामुदायिक वन क्षेत्रमा रहेको दरबारको भग्नावशेषको संरक्षण
करार कर्मचारी हटाउन आनाकानी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारका कर्मचारी हटाउन पत्राचार गरे पनि कञ्चनपुरका पालिकाले आनाकानी गरिरहेका छन् । कुनै एक पालिकाले निर्णय गरे सोही निर्णयबमोजिम अगाडि बढ्ने तयारी थालेका यहाँका पालिकाहरू अहिले विभिन्न कारण देखाउँदै करार कर्मचारीको करार सम्झौता रद्द गर्न सकेका छैनन् । नौ पालिका रहेका जिल्लामा हाल एक हजार छ कर्मचारी करारमा कार्यरत छन् ।
औषधी लिन टाढा जानुपर्ने बाध्यता हटाउँदै प्रदेश सरकार
विशेष गरी थारू समुदायमा लाग्ने सिकलसेल एनिमियाका बिरामीले अब आफ्ना लागि औषधी लिन अर्को प्रदेश जानुपर्ने बाध्यता हट्न लागेको छ । सिकलसेलका बिरामीले कर्णाली प्रदेश सभाका सदस्यलाई आफूहरूले खाने औषधी लिन र स्वास्थ्य परीक्षण गर्न लुम्बिनी प्रदेशको नेपालगन्ज जानुपर्ने बाध्यता रहेको गुनासो गरेपछि प्रदेश सरकारले औषधी लिन अर्को प्रदेश जानुपर्ने बाध्यता हटाउन लागेको हो ।
जाजरकोटमा आयुर्वेद तथा चिकित्साप्रति चासो बढ्दै
जाजरकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति जनचासो तीव्र रूपमा बढ्दै गएता पनि सरकारले बेवास्ता गरेको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
पाँच लाख तिर्न नसक्दा एक महिनादेखि अस्पतालमै
अस्पतालको पाँच लाख तिर्न नसक्दा सप्तरीका एक बिरामी अस्पतालबाट घर फर्किन सकेका छैन । राजविराज नगरपालिका ७ का ५४ वर्षीय अनिरूद्ध प्रसाद देवले उपचार खर्च अस्पतालमा तिर्न नसक्दा अस्पतालबाट घर फर्किन नसक्नुभएको हो ।
राजविराज कारागारमा मनाइयो विवाहपञ्चमी उत्सव
राजविराजस्थित कारागारमा भगवान राम र माता सीताको विवाहका विभिन्न धार्मिक विधी गरी विवाह पञ्चमी मनाइएको छ ।
पीडामा गाउँका विद्यालय
राणा शासनको सय वर्षभन्दा बढी नेपाली समाजले शिक्षामा पहुँच पाउन सकेन । शिक्षा सीमित राणा र दरबारिया सम्भ्रान्तका निम्ति मात्र थियो । विश्व शिक्षा, चेतना, भौतिक तथा आर्थिक विकासमा अगाडि पुगे पनि नेपाल भने अन्धकारमै रह्यो ।
चिसापानी अस्पतालमा क्षयरोग स्क्रिनिङ कार्यक्रम
पश्चिम नवलपरासीको चिसापानी अस्पताल, बर्दघाटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा क्षयरोगको उच्च जोखिममा रहेका कर्मचारीहरूका लागि क्षयरोग स्क्रिनिङ कार्यक्रम भएको छ ।
समष्टिगत वित्तीय अनुशासन
सन् नब्बेको दशकबाट शासकीय सुधार रणनीतिको प्रमुख भाग सार्वजनिक वित्तीय व्यवस्थापन सुधार बनेको छ, जसले सबै प्रकारका सरकारी प्राप्ति (आय), विनियोजन, आयोजना व्यवस्थापन, खर्च क्रिया
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
आयोजनामा जनशक्ति व्यवस्थापन
विकास आयोजना विशिष्ट प्रकृतिको नतिजा हासिल गर्न विकासको निश्चित कार्य अन्तर्गतका योजनाबद्ध क्रियाकलापको समष्टि हो । आयोजना व्यवस्थापन प्रणाली सफल र प्रभावकारी बन्नसके मात्रै विकासले फड्को मार्न सक्छ ।
लोकमार्ग र करिडोर जोड्ने मोटरेबल पुलको काम सुरु
कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा सडक खण्डको एक्लेसाल र कालाखोलामा खसेका दुई भीमकाय पहिरोले वर्षायाममा सास्ती दिएपछि यात्रा सहज यात्राका लागि विकल्पको रुपमा पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।
लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु, डिजिटल हिंसा रोकथाममा जोड
बाजुरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सुरु भएको अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर २४) सम्म चल्नेछ ।
आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु
सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम